आज के छ?

‘सारथी’ को प्रदर्शन मिति घोषणा

अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७

‘माया बस्छ कि क्या हो !’ मा सोनाल र कस्मताको प्रेम

प्रेमकथानक चलचित्र ‘माया बस्छ कि क्या हो !’ को दुई नयाँ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । राजु अधिकारी निर्देशीत फिल्म असोज २ गतेबाट

३० फिट लामो पोस्टर देखाउँदै ‘डियरकाव्या’ चलचित्र घोषणा

  गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ । बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित भव्य समारोहमा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रमा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन् । बिक्कीका लागि भने ‘डियर काव्या’ डेब्यु चलचित्र हुनेछ । उनी थिएटरका विद्यार्थी हुन् । सार्वजनिक पोस्टरमा उपासना र बिक्कीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । पोस्टरमा बिक्कीको घाँटीमा रहेको गलबन्दी उपासनाले तान्दै उनलाई नजिक ल्याएको देखिन्छ । पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज शहरसँगै कर्णाली पुललाई देखाइएको छ । चलचित्रलाई श्रद्धा प्रसाईंले निर्देशन गर्नेछिन् । उनका लागि यो दोस्रो निर्देशकीय चलचित्र हो । यसअघि उनले निर्देशन गरेको ‘ककाकिकी’ प्रदर्शनको तयारीमा छ । ‘डियर काव्या’को छायांकन आगामी मंसिरबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगर लगायत कलाकारको अभिनय रहनेछ । चलचित्रका निर्माता देवी सिंह र हेमकुमारी भेटुवाल हुन् भने दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता रहेका छन् । लाइन प्रोड्युसर अर्जुन पौडेल हुन् । चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नेछन् भने मेकअपको जिम्मेवारी प्रिया कार्कीले सम्हाल्नेछिन् । चलचित्रको मिडिया कोअर्डिनेटर चलचित्र पत्रकार गोपिकृष्ण चापागाईं हुन् । चलचित्रको औपचारिक घोषणाका क्रममा निर्देशक श्रद्धा प्रसाईंले आफूलाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गरिन् । उनले यो आफ्नो दोस्रो निर्देशकीय चलचित्र भएको बताउँदै यसअघि निर्देशन गरेको ‘ककाकिकी’ पनि प्रदर्शनको तयारीमा रहेको जानकारी दिइन् । ‘डियर काव्या’का लागि पनि आफूहरूले भरपूर मेहनत गर्ने उनको भनाइ थियो । कार्यकारी निर्माता दिया मास्केले निर्माताका रूपमा चलचित्रमा आफ्नो पहिलो यात्रा सुरु गर्न लागेको बताइन् । चलचित्र निर्माण आफ्ना लागि नयाँ अनुभव हुने उल्लेख गर्दै उनले फिल्मबारे थप जानकारी क्रमशः सार्वजनिक गर्दै जाने बताइन् । डेब्यु अभिनेता बिक्की समशेर खड्काले आफ्नो पहिलो चलचित्रका लागि आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे । उनले दिया मास्के र अनुप बराल आफ्ना अभिनय गुरु रहेको उल्लेख गर्दै उहाँहरूले आफूलाई विश्वास गरेर चलचित्रमा लिएको बताए । त्यस्तै, अभिनेत्री उपासना सिंह ठकुरीले ‘डियर काव्या’का लागि आफूलाई छनोट गरेकोमा निर्माण टिमप्रति आभार व्यक्त गरिन् । विशेषगरी दिया मास्केलाई धन्यवाद दिँदै उनले महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेकाले आफू उत्साहित रहेको बताइन् । निर्माण पक्षका अनुसार चलचित्रको कथावस्तु तथा अन्य प्राविधिक पक्षबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ । चलचित्रको छायांकन मंसिरबाट सुरु गर्ने तयारी भइरहेको छ ।

´पार्वती`को ट्रेलर रिलिज,दर्शकलाई बनायो भावुक

आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएसआर

‘गौंथली’को कमाइ २५ करोड नाघ्ने अनुमान, दर्शक ९ लाख नजिक

कपिल रिजाल निर्देशित फिल्मले सकारात्मक प्रशंसा बटुल्दै घरेलु फिल्ममा कीर्तिमानी कमाइ गरेको छ । यो फिल्म अहिले सर्वकालिन दोस्रो धेरै कमाउने फिल्म हो । फिल्मलाई

‘कंगाल करोडपति’मा रक्षा र मञ्जिलकुमारको इन्ट्री

राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भएका छन् । रक्षाले फिल्म ‘बाटो’बाट अभिनय यात्रा सुरु

‘मास्टर्नी’को प्रिमियर सम्पन्न साथै प्रियंका कार्कीको अभिनय

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मास्टर्नी’को प्रिमियर गरिएको छ । ललितपुरस्थित लाबिम हलमा आयोजित प्रिमियरमा ‘कास्ट एन्ड क्रू’सहित फिल्मकर्मीको सहभागिता रह्यो । यो क्राइम थ्रीलर

उडान स्टुडियोको ‘आशा’को छायांकन सम्पन्न

उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न

सुमन गजमेरको निर्देशनमा ‘हाम्रो सानो घर’, रे अफ आर्ट्सको नयाँ फिल्म

नेपाली चलचित्र निर्माणमा सक्रिय रे अफ आर्ट्स प्रालिले आफ्नो नयाँ चलचित्र ‘हाम्रो सानो घर’ निर्माण गर्ने भएको छ। रे अफ आर्ट्सको ब्यानरमा निर्माण हुने यस

वरिष्ठ कलाकारलाई सम्मान गर्दै ‘जुनी’को टिजर सार्वजनिक

सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा सिरियल ‘जुनी’ निर्माण भएको छ । बुधबार निर्माण टिमले स्रष्टा सम्मान कार्यक्रम गर्दै सिरियलको टिजर सार्वजनिक गरेको छ ।

सुरेश थापा ‘दर्शने’को ‘जुनी’ टिजर सार्वजनिक

अभिनेता दयाहाङ राईका लागि ‘पेन्सन पट्टा’ एउटा फिल्म मात्र होइन, नेपाली समाजको एउटा परिचित कथा हो । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे पोखरामा आयोजित

‘गौंथली’को दबदबा, ‘पूर्ण बहादुर सारङ्गी’को कीर्तिमान नजिक

बक्स अफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको गौंथली यसबेला पूर्ण बहादुर सारङ्गीको कीर्तिमान तोड्ने दिशामा छ । भलै यसको निर्क्यौल समयले गर्छ । उनी अवकास पाउन लागेका शिक्षक हुन् ।

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti