हेर्नुस् ‘के घर के डेरा : घर नं २’ को टिजरले के भन्छ? हेर्नुस् ‘के घर के डेरा : घर नं २’ को टिजरले के भन्छ?

पृथ्वी नै डेरा हो,

सबैले भाडा तिर्नु छ।

मान्छे आफैँ पाहुना, भोलि घर फर्किनु छ।

‘तेरो–मेरो’ के कुरा? के घर, के डेरा…।

यी हरफ फिल्म ‘के घर के डेरा : घर नं २’ को टिजरका हुन्। यी हरफले जीवनको कटु सत्यलाई उजागर गर्छन्।

प्रत्येक व्यक्तिको जीवन सत्यनजिक हुने तथ्यलाई यी हरफले आम नागरिकलाई झकझक्याउने प्रयास गरेका छन्।

पृथ्वी नै डेरा भएको भावलाई फिल्मले प्रस्तुत गरेको यी हरफबाट बुझिन्छ।

त्यसैले ‘तेरो–मेरो’ भनेर भन्नु नै बेकार हो भन्ने सन्देश पब्लिसिटी कन्टेन्टले दिन खोजेको देखिन्छ।

जति नै ‘तेरो–मेरो’ गरिए पनि अन्ततः पुग्ने ठाउँ घाट नै हो, र अन्त्यमा हुने कुरा धुँवा नै हो भन्ने यथार्थलाई मानिसले स्वीकार गर्नुपर्ने सन्देश टिजरमार्फत दिइएको छ।

अन्ततः मान्छे खाली हात घाट जाने सत्यलाई स्वीकार गर्न नसक्दा उत्पन्न हुने समस्यालाई माथिका हरफले प्रष्ट रूपमा संकेत गरेका छन्।

डेराको प्रतीक प्रयोग गरेर फिल्मले जीवनको सत्य देखाउने संकेत गरेको छ।त्यसैले ‘के घर के डेरा : घर नं २’ ले आम जनजीवनको यथार्थ नजिक रहेर कथा भन्ने प्रष्ट भइसकेको छ।

जति नै धनी भए पनि अन्त्यमा नांगै जानुपर्ने सत्य, जीवनको उत्तरार्धमा एक्लिनुपर्ने यथार्थलाई चिताको धुँवा नजिक बसेर हराउने दृश्य र संवादले जीवनको अन्तिम क्षणतिर महसुस गरिने पीडालाई फिल्मले चित्रण गर्ने अनुमान गर्न सकिन्छ।

त्यसैले निर्देशक दीपेन्द्र के. खनाल भन्छन् – आम दर्शकले फिल्मसँग सम्बन्ध अनुभूत गर्नेछन् र जीवनको सत्यलाई महसुस गर्नेछन्।

हरेक व्यक्ति, घर र समाजले कुनै न कुनै चरणमा भोग्ने कथालाई ‘के घर के डेरा : घर नं २’ ले अनुभूत गराउने उनको दाबी छ।

फिल्म सधैँ जीवनको नजिक हुनुपर्छ भन्ने विश्वास उनको रहेको र सोही सोचअनुसार ‘के घर के डेरा : घर नं २’ निर्माण गरिएको निर्देशक खनाल बताउँछन्।

त्यसैले उनी यो फिल्मलाई जीवनको यथार्थ नजिकको कृति भन्न रुचाउँछन्।‘के घर के डेरा : घर नं २’ जेठ २ गते प्रदर्शनमा आउँदैछ। फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्।

यो उनको पहिलो पटक लेखिएको फिल्म स्क्रिप्ट हो।

फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय रहेको छ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण गरिएको हो। यसको छायांकन कृष्णबहादुर थापाले गरेका हुन्।

कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti