‘अभिमन्यु : च्याप्टर–१’को शिर्ष गीत सार्वजनिक ‘अभिमन्यु : च्याप्टर–१’को शिर्ष गीत सार्वजनिक

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । टाइटल ट्रयाकमा र्‍यापर भियोमाको शब्द, संगीत र स्वर छ । जिन्दगी नै रहस्मयी रहेको बताउँने र्‍यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने प्रयास गरेको छ । र्‍यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ ।

कसको पछाडि को लागेको छ भन्ने रहस्यले दिने तनाव र त्यसले जिन्दगीलाई सडकमा झारेको थथार्थ समेटिएको र्‍यापमा षड्यन्त्रकै जालोमा फसेको जिन्दगी र त्यसकै केसको वरिपरि रुमलिएको तनावपूर्ण जिन्दगी चित्रण छ । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने निर्माणपक्षले बताएको छ । यही कथा टाइटल ट्रयाकमा छ।

भिडियोमा र्‍यापर भियोमा आफैँ फिचर्ड छन् । उनीसँगै चलचित्रका चलअचल दृश्य छन् । टाइटल ट्रयाकले पैसाका पछाडि लाग्ने पात्रले भोग्ने समस्या र पाउने दुखमा चलचित्र रहेको थप प्रष्ट पारेको छ । चलचित्र ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । हिन्दी भर्सन पनि वर्ल्डवाइड रिलिज हुनेछ।

‘अभिमन्यु’मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्।

‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti