केदार घिमिरे स्टारर फिल्म ‘माग्ने राजा’ले दर्शकलाई हलमा आकर्षण गरिरहेको छ । फिल्म प्रदर्शनको १२ औं दिनसम्म ४ करोड माथिको ग्रस कलेक्सन गरेको रिपोर्ट छ । मंगलबारसम्म फिल्मको कमाइ ४ करोड ९ लाख रुपैयाँ ग्रस छ।
ऋषि लामिछाने निर्देशित फिल्म माग्ने राजा तीजको छेको पारेर प्रदर्शनमा आएको थियो । मुनाल घिमिरेको निर्माण र लामिछानेको निर्देशन रहेको यो फिल्ममा केदारले धनी बन्ने सपना बोकेको एक पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्ममा केदारसँगै बर्षा सिवाकोटी, विल्सन विक्रम राई शिशिर वाङ्देल लगायत अन्य कलाकारहरुको अभिनय छ ।