‘जारी–२, सङ अफ च्याब्रुङ’ को ‘अम्लरी फूल’ रिलिज ‘जारी–२, सङ अफ च्याब्रुङ’ को ‘अम्लरी फूल’ रिलिज

असोज ३ गते रिलिज हुने ‘जारी–२, सङ अफ च्याब्रुङ’ले नयाँ गीत रिलिज गरेको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मले ’अम्लारी’ बोलको गीत सार्वजनिक गरेको हो ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ । साथमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो। सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो फिल्मलाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ। फिल्मले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti