सोमबारदेखि सिनेमा भवन संचालनमा आउने भएका छन् । आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउने निर्णय गरेको हो । जेनजी आन्दोलनको कारण गत सोमबारबाट हलहरु बन्द थिए ।
रात्रीकालिन शो भने सुरक्षाका हिसाबले कडाइ गरिनेछ । राती १० बजेभित्र हल बन्द गरिसक्नु पर्नेछ । केही सर्तसहित हल खोल्न लागिएको संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले जनाएका छन् । उनका अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल संचालन हुनेछन्।
हल संचालनमा आएसँगै यसअघिदेखि नै प्रदर्शनरत फिल्महरू रिमै, बागी ४, कोशेढुंगा, मोहर लगायतका फिल्म पुनः प्रदर्शन हुनेछन् । यसबाहेक केही विदेशी फिल्म समेत रिलिजको तयारी छ।
जेनजी आन्दोलनका कारण विराटनगरस्थित क्यूएफएक्सको हल ध्वस्त भएको छ । यो बाहेकका अन्य १६४ वटै हल संचालनमा आउनेछन् ।