’हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा लाग्ने ’हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा लाग्ने


अमेरिकाका ८० पर्दामा फिल्म हरि बहादुरको जुत्ता एकसाथ रिलिज हुने भएको छ । आहान पौडेलले फिल्मलाई त्यहाँ वितरण गर्ने भएका हुन् । दिपेन्द्र के.खनाल निर्देशित फिल्म नेपालमा असोज १३ गते, फूलपातीबाट नेपालमा प्रदर्शन हुँदैछ।

आहानले पहिलो पटक फिल्म वितरण गर्दैछन् । नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा पौडेल पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका छन् । उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा चलचित्र रिलिज गर्न लागेको हो। टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यमा चलचित्र लाग्नेछ।

त्यहाँका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज लगायतका चेनमा चलचित्र रिलिजको तयारी भैरहेको आहानले जानकारी दिए।

फिल्म ‘हरि बहादुर’को जुत्ता लाई सरोज ओली र मोहितवंश आचार्य मिलेर निर्माण गरेका हुन् । फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti