दशैं फूलपतीमा प्रदर्शन हुने फिल्म ‘माइतीघर’को प्रोमो सार्वजनिक गरिएको छ । बिहिबार तामझाम बिना यो मल्टीस्टारर फिल्मको रिलिज गरिएको हो । रोहित अधिकारी निर्मित फिल्मको प्रोमो रमाइलो छ । प्रोमो :
प्रोमोमा त्रिपक्षी प्रेम सम्बन्ध देख्न सकिन्छ । प्रोमोमा धिरज मगर, उपसना सिंह ठकुरी, प्रकाश सपुत, केदार घिमिरे र श्यामा श्री शेर्पा केन्द्रमा छन् । मिलन तामाङ निर्देशित फिल्ममा बुद्धि तामाङ, शिशिर वाङदेल, रजनी गुरुङ लगायत अन्य कलाकारहरुको अभिनय छ । रामशरण पाठकको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । फिल्मका सह–सम्पादक अंकित तिवारी हुन्।
रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मको ट्रेलरमा कलाकार केदार प्रसाद घिमिरेको कमेडी बलियो देखिएको छ । यस्तै, फिल्मले तामाङ संस्कृतिको कथालाई पनि बलियो रुपमा उठाएको छ । स्वर्गीय जयदेवको संगीत रहेको फिल्ममा कविराज गहतराजको र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर, अष्ट महर्जनको एक्सन छ।
दशैंको समयमा पारिवारिक कथा निकै चल्ने भएकाले पनि दर्शकका लागि यो फिल्म ट्रेलर सार्वजनिक भएपछि अझै प्रतिक्षित बन्ने देखिएको छ । फिल्मको शीर्ष गीतले दर्शकको मन जितिसकेको छ ।