’हरिबहादुरको जुत्ता’ ट्रेलरलाई सकारात्मक प्रतिक्रिया ’हरिबहादुरको जुत्ता’ ट्रेलरलाई सकारात्मक प्रतिक्रिया

फिल्म ’हरिबहादुरको जुत्ता’ को ट्रेलर शनिबार सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता हरिवंश आचार्यको शिर्ष भूमिका रहेको फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रोमो :

दिपेन्द्र के खनाल निर्देशित फिल्म दशैँको फूलपातीमा रिलिज हुँदैछ । ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक बिषयलाई पनि समेटेको छ। हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन्। नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो पात्रको जीवनमा आउने उतारचढावको कथालाई चलचित्रको ट्रेलरमा समावेश गरिएको छ । त्यो संगै युवापुस्ताले खोजेको राजनैतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाइ पनि ट्रेलरमा प्रस्तुत गरिएको छ।

फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन् । कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti