बाल गायक अशोक दर्जीको जीवनीमा आधारित फिल्म ‘मन बिनाको धन’ को पोस्टर रिलिज गरिएको छ । पोस्टरमा प्रमुख कलाकार अशोकलाई देखाइएको छ । उनलाई स्कूले पोशाकमा देख्न सकिन्छ ।
यो फिल्मको बटमलाइन ‘कथा जिरोदेखि हिरोसम्मको’ राखिएको छ । पृष्ठभूमिमा दर्जीको बाल्यलकालदेखिका विभिन्न फोटो पनि देख्न सकिन्छ । पोस्टरले यो फिल्म दर्जीको कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । दर्जीलाई निर्देशक बुढाथोकीले आश्रय दिँदै पठनपाठन र लालनपालनको जिम्मा लिएका थिए।
फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । निर्माता विष्णुमाया मैनाली हुन् । कार्यकारी निर्मातामा सपना शर्मा छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता हुन्।
२१ कात्तिकदेखि प्रशर्दन तयारीमा रहेको या फिल्ममा दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा लगायतको अभिनय छ ।