बुटवलको दुई समुहले जित्यो ‘माइतीघर’को पाँच लाख पुरस्कार बुटवलको दुई समुहले जित्यो ‘माइतीघर’को पाँच लाख पुरस्कार

प्रदर्शनरत फिल्म माइतीघरको ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना गरिएको भिडियो प्रतियोगीताका विजेताको नाम घोषणा गरिएको छ । बुटवलका सुरज सिंजाली मगर र वुटवलकै कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरुको समुहले भिडियो प्रतियोगीता जितेका छन्।

दुई जना विजेताले समान अंक ल्याएका कारण दुवै जनालाई विजेता घोषणा गरिएको निर्माण पक्षले बताएको छ । फिल्ममा नै विजेताको भिडियो समावेश गरिएको छ । यो गीतमा भिडियो तयार पारेका हजार भन्दा बढीबाट २ जनालाई विजेता घोषणा गरिएको हो । निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेता छनोट गरेका हुन् । जसमा, दुवै जना विजेता बुटवलका छन् ।

विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा यसको निर्माणपक्षले गरेको थियो । निर्माता अधिकारीले भने–‘यसपटक सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरुको प्रतिस्पधाई निकै नै कडा भयो । यसैले, निर्णायक कविराज गहतराजले दुवैलाई विजेता घोषणा गर्नुभएको छ । अब, हामी दुवै समुहलाई जनही साढे २ लाख पुरस्कार दिनेछौं ।’

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । फिल्मको व्यापार पनि सुखद् छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti