’सोल्टिनी’को शीर्षक गीत ’दाजुको साली’ सार्वजनिक ’सोल्टिनी’को शीर्षक गीत ’दाजुको साली’ सार्वजनिक

’सोल्टिनी’को शीर्षक गीत ’दाजुको साली’ सार्वजनिक गरिएको छ । गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ । स्वर गीतलाई गायक एस.डी. योगीको छ । फिल्म भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बुको साथमा सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडा फिचर्ड गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । फिलमलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । प्रकाश, परीक्षा, सुन्दर, सब्बु र सुजनसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ । विशेष आकर्षणका रूपमा कार्यकारी निर्माता ’हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’को संलग्नता रहेको छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन्।

इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थलमा छायाङ्कन गरिएको चलचित्रमा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने सन्देश रहेको दाबी निर्देशक सुवेदीले गरेका छन् । दुई प्रमुख पात्रबीचको प्रेमकथा नै यस चलचित्रको मुख्य आकर्षण हुने बताइएको छ।

’सोल्टिनी’को छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् । कथा–पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti