हरिवंश आचार्यको ’हरिबहादुरको जुत्ता’ लाई उच्च शो हरिवंश आचार्यको ’हरिबहादुरको जुत्ता’ लाई उच्च शो

हरिवंश आचार्य स्टारर फिल्म ’हरिबहादुरको जुत्ता’ लाई दर्शकको राम्रो साथ मिलेको छ । फिल्मलाई दर्शक प्रतिक्रिया समेत बलियो छ । फूलपाती देखि नै फिल्मको अधिकांश शो हाउसफुल भैरहेका छन्।

हरिबहादुरको जुत्ता सँगै बलिदान र माइतीघर पनि एकसाथ प्रदर्शनमा आएका थिए, जस्मा हरिबहादुरलाई कम शो संख्या थियो । बलिदान र माइतीघरले क्रमशः २४४ र १४४ शो पाउँदा हरिबहादुरको जुत्ताले १३४ शो मात्र पाएको थियो । तर रिलिजको ७ औं दिन आइपुग्दा तीन नेपाली फिल्ममा सर्वाधिक शो पाउने फिलम बनेको छ । आइतबार हलहरुले ’हरिबहादुरको जुत्ता’ लाई ११७ शो दिएका छन् । संगै रिलिज भएका ’बलिदान’ र ’माइतिघर’ ले क्रमश १०७ र ७७ शो पाएका छन् । अधिकाश हलले सुरुवाती दिनमा सानो सिट क्षमताका सिट दिएका थिए भने अहिले ठुलो सिट क्षमताका हलमा चलचित्र सारेका छन्।

भारतीय फिल्म ’कन्तारा’ ले शो संख्यामा केहि प्रभाव पारे पनि रिलिजको पहिलो हप्तामा नै संगै रिलिज भएका नेपाली चलचित्रको तुलनामा तेश्रो नम्बरबाट पहिलो नम्बरमा लगाएको छलांगले चलचित्रको वर्ड अफ माउथ कति बलियो रहेको छ बताइरहेको छ। दर्शकको साथ र राम्रो प्रतिक्रियाका कारण यो चलचित्र लामो रेसको घोडा बन्ने कन्फर्म छ।

दिपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti