फिल्म ‘माइतीघर’ मोफसलमा आक्रामक देखिएको छ । प्रदर्शनको सातौं दिनसम्म आइपुग्दा फिल्मको व्यापार मोफसलमा थुप्रै शहरमा आक्रामक देखिएको वितरण कम्पनीले जनाएको छ।

यो फिल्मको आइतबार पोखरा, चितवन, दाङ, कावासोती, नेपालगञ्ज, वुटवल, सुर्खेतमा व्यापार आक्रामक देखिएको छ । चितवनदेखि पश्चिमका अधिकांश स्टेशनमा फिल्मको व्यापार र बुकिङ दुवै आक्रामक देखिएको हो । यस्तै, पूर्वका हलमा पनि फिल्मको व्यापार सुखद रहेको निर्माणपक्षले बताएको छ । काठमाडौंका हलमा पनि दर्शकको चाप देखिएको छ ।
पश्चिमका थुप्रै स्टेशनमा फिल्मको व्यापार आक्रामक देखिएपछि यसका कलाकार नेपालगञ्ज जाने तयारीमा लागेका छन् । नेपालगञ्जमा रहेको सिने रोयल र क्यूएफएक्स बागेश्वरीमा फिल्म हेर्ने दर्शकको चाप उच्च छ । मंगलबार र बुधबार नेपालगञ्जका दर्शकसँग कलाकारहरुले साक्षात्कार गर्ने तयारी गरेका छन्।
नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी, प्रकाश सपुत, कलाकार केदार प्रसाद घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारहरु पश्चिम जाने निर्माण पक्षले बताएको छ। रोहित अधिकारीको निर्माणमा तयार भएको फिल्ममा मिलन तामाङको निर्देशन छ।