प्रकाश र परिक्षाको ‘सोल्टिनी’ ट्रेलर कस्तो छ ? प्रकाश र परिक्षाको ‘सोल्टिनी’ ट्रेलर कस्तो छ ?

कात्तिक ६ गते, भाइटिकाको दिनदेखि प्रदर्शनमा आउने फिल्म सोल्टिनीको प्रोमो सार्वजनिक गरिएको छ । सोमबार प्रेसमिट गर्दै प्रकाश सपुत र परिक्षा लिम्बु स्टारर फिल्मको ट्रेलर रिलिज गरिएको हो । अर्जुन सुवेदी निर्देशित फिल्मको ट्रेलर हेर्नुस् :

ट्रेलरले अन्तरजातीय प्रेममा आउने पारिवारिक र सामाजिक अवरोधको कथा पेश गरेको छ । ट्रेलरको केन्द्रमा फिल्मका मुख्य जोडी प्रकाश सपूत र परीक्षा लिम्बू छन् । ट्रेलर अनुसार प्रकाश र परीक्षा एकअर्काको प्रेममा छन् । तर, जातीय पृष्ठभूमि अलग हुँदा उनीहरूको सम्बन्ध संकटमा पर्छ । परिवारले परीक्षालाई अर्कै युवकसँग विवाह गर्न बाध्य बनाएपछि उनी परिवार र प्रेममा कुन रोज्ने भन्ने दोधारमा परेकी देखिन्छिन् । फिल्मले प्रेम र सांस्कृतिक मूल्य मान्यताबीचको टकरावलाई केन्द्रीय द्वन्द्वको रूपमा प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ।

फिल्ममा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतको अभिनय रहेको छ । प्लानेट थ्रीको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले तयार पारेका हुन्।

यो फिल्मको कार्यकारी निर्मातामा धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरिरहेको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ रहेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti