अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ स्टारर फिल्म जेरी अन टपको बुकिङ खुला गरिएको छ । करिब डेढ वर्षपछि दर्शकमाझ आउन लागेका अनमोल केसीको फिल्मलाई हलहरुले कति शो दिएका छन् त ? टिकट बुकिङ कस्तो छ ?

देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई पहिलो दिनका लागि देशभरका आउटलेटमा गरेर ५३ शो दिएको छ। क्युएफएक्सको काठमाडौंका आउटलेटमा मात्रै २६ शो पाएको छ । शो बढ्ने निर्माण युनिटको अपेक्षा छ ।
त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा फिल्मले कुल २० शो पाएको छ । एफक्युब सिनेमाले ७ शो उपलब्ध गराएको छ। वान सिनेमाजले वानेश्वर र कालीमाटीमा गरी १२ शो दिएको छ। बिग मुभिजसहितका अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाइसकेका छन्।
‘अनन्या फिल्मस्’ को ब्यानरमा बनेको ‘जेरी अन टप’ निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र भविष्य खड्काले साझेदारी गरेका छन् । एड्भेन्चर लभ स्टोरमा निर्मित फिल्मको कथा हेमराज बि.सीको हो ।
सरोज न्यौपाने निर्मित फिल्म ‘जेरी अन टप’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । अनमोल, आँचल र जसितासँगै फिल्ममा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायत कलाकारहरूको अभिनय छ।