मिरुना र धिरजको ‘मैझारो’ ट्रेलर मन पर्यो ? मिरुना र धिरजको ‘मैझारो’ ट्रेलर मन पर्यो ?

विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’को ट्रेलर रिलिज भएको छ । निर्माण टिमले फिल्मको मंगलबार फिल्मको ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर,दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन् । जसमा निर्देशक विल्सन आफैले अभिनयमा देखिन्छन् । निर्देशक राईकै कथा रहेको यो फिल्ममा पुर्वको इलाम पाँचथर आसपासमा खिचिएको हो।

तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा धिरज, मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । ‘मैझारो’ तिहारको भाइटीका अर्थात् कातिक ७ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti