सौगात र सृष्टिको ‘भाइरल गोर्खे’ माघ १ गते लाग्ने सौगात र सृष्टिको ‘भाइरल गोर्खे’ माघ १ गते लाग्ने

सौगात मल्ल स्टारर फिल्म ‘भाइरल गोर्खे’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको रिलिज डेट अनाउन्स गरेको छ । अब यो फिल्म माघ १ गते रिलिज हुनेछ।

पोस्टरमा फिल्मका मुख्य दुई पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड छन् । सौगात र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ । यसले दुई पात्रबीचको प्रेम दर्शाउँछ । ‘बतासले उडाई लग्यो माया मेरो’ बोलको गीत आज सार्वजनिक हुँदैछ।

पोस्टर लाइक, लभ रियाक्ट र इमोजी छ, जसले सामाजिक सञ्जालमा भाइरल हुने रहर र यसमा समर्पित हुने मोहलाई दर्शाउँछ । फलोइङ फर यू लेखिएको छ र मोबाइलको फ्रेमभित्र रहेका सौगात र सृष्टि टिकटक वा रिल्स बनाइरहेको जस्तो देखिन्छ ।

‘भाइरल गोर्खे’ टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाएर बनेको सिनेमा हो ।रोगकै रूपमा विकास भइरहेको यो ट्रेन्डलाई समाएर बनेको सिनेमाले समसामयिक र जल्दोबल्लो विषय उठान गरेको छ । त्यसैले यो सिनेमाले दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क छ ।

समसामयिक र घरघरको विषय भएकाले सिनेमा दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक निगम श्रेष्ठले बताएका छन् । कमेडी र ह्युमर पनि रहेकाले दर्शकका लागि सिनेमा पूर्ण प्याकेज भएको उनले बताए ।

‘भाइरल गोर्खे’मा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । सौगात र सृष्टिमार्फत निगमले पछिल्लो समय नेपालमा विकृतीको रूपमा मौलाउदै गरेको भाईरल प्रवृत्तिलाई व्यंग गर्नेछन् ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।
‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर,द्वन्द निर्देशक श्री श्रेष्ठ,एडिटर बन्देप्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन।
––

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti