‘महादश’मा पूजा शर्मा लिड हिरोइन ‘महादश’मा पूजा शर्मा लिड हिरोइन

तिहारको लक्ष्मी पूजाको दिन अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित भएकी छन् । उनलाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो ।

सोमबार फिल्मका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले यो अवसरमा आफु फिल्ममा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन् । निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यो फिल्मका लागि यसअघि निरुता सिंह,उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ,प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। अन्य कलाकारमा बिनोद न्यौपाने,रियर राई,प्रभात लामा,रामचन्द्र अधिकारी,कमल देबकोटा,पुस्कर भट्ट,दिनेस काफ्ले ,रन्जन कोइराला,युबिक राज शाह,स्मृति कल्मर,एलिज पुन लगायत को अभिनय रहने छ।

निरुता र उत्तम कालजयी फिल्म ‘दर्पणछाया ’को जोडीको रुपमा लोकप्रिय छन्। उत्तम र निरुतासँगै अब पूजा शर्माको पनि दमदार अभिनय यो फिल्ममा दर्शकले हेर्न पाउने भएका छन्। पूजा पछिल्लोसमयकी चर्चित अभिनेत्री हुन्।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष गौतमको पटकथा,राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रुपमा छन्। लामो समय प्राविधिक पक्ष र निर्माण नियन्त्रणमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माताको रुपमा आउन लागेका छन्।

निर्देशक किरण नेपालीका अनुसार यो फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गर्ने छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti