प्रदर्शनरत फिल्म बरिष्ठ बलराममा समावेश न्यौली बनैमा गीतको भिडियोलाई युटुवमा एक करोड भ्युज प्राप्त भएको छ । प्रशान्त सिवाकोटीको शब्द, संगीत र स्वर समेत रहेको यो लोक लयको गीत छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो । गीतः
गीतमा सर्जक सिवाकोटीलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । संगीत सँगै गीतको भिडियोलाई पनि रुचाइएको छ । प्रदीप लामाको कोरियोग्राफीमा अभिनेता बिजय बराल र अभिनेत्री समृद्धि अर्यालले आकर्षक नृत्य गरेका छन्।
सुरेन्द्र पौडेल निर्देशित फिल्म बरिष्ठ बलराम भाईटिकाको दिनदेखि प्रदर्शन भैरहेको छ । बिजय र समृछिसँगै फिल्ममा दयाहाङ राई, माओत्से गुरुङ, पशुपति राई लगायत कलाकारहरुको अभिनय छ ।



