रिमा विश्वकर्मा कुलमानको ‘उज्यालो नेपाल पार्टी’ मा रिमा विश्वकर्मा कुलमानको ‘उज्यालो नेपाल पार्टी’ मा

ऊर्जामन्त्री कुलमान घिसिङले गठन गर्न लागेको नयाँ ‘उज्यालो नेपाल पार्टी’ मा बहुप्रतिभाशाली कलाकार रिमा विश्वकर्मा जोडिएकी छन् । घिसिङको पार्टीले प्रस्तावित ५१ सदस्यीय केन्द्रीय समितिमा रिमाको नाम पनि समावेश छ ।

होस्टिङ सँगै कलाकारितामा समेत सक्रिय रिमा पहिलो पटक कुनै पनि राजनीतिक दलमा आबद्ध भएकी हुन् । उसो त उनले मंगलबार मात्रै सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजनीतिमा आउने संकेत गरेकी थिइन्।

दर्जनौं म्युजिक भिडियोमा मोडलिंग गरे पश्चाते उनले स्वर मार्फत फिल्ममा डेव्यु गरेकी थिइन् । करिब दुई दशक लामो कलाकारिता यात्रामा रिमाले सयौं म्युजिक भिडियो र दर्जन जति फिल्ममा अभिनय गरेकी छन् ।

रियालिटी शो होस्टमा रिमा पहिलो रोजाइमा पर्छिन् । रिमाको राजनीतिक करिअर अब कस्तो होला त ?

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti