जन्मदिनमा साम्राज्ञीले दिइन सप्राइज, प्रेमीसँग ईन्गेजमेन्ट जन्मदिनमा साम्राज्ञीले दिइन सप्राइज, प्रेमीसँग ईन्गेजमेन्ट

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले ईन्गेजमेन्ट गरेकी छन् । साम्राज्ञीले आफ्‌ना प्रेमीसँग औंठी साटेकी हुन् । सोमबार जन्मदिन समेत मनाइ रहेकी साम्राज्ञीले सामाजिक सन्जालमा ईन्गेजमेन्टको तस्बिर सेयर गरेकी छन्।

‘एस एन्ड बी’ ह्यासट्याग उल्लेख गर्दै साम्राज्ञीले आफ्‌ना हुनेवाला श्रीमानप्रति प्रेमिल भावहरु व्यक्त गरेकी छन् । ड्रिम्स डेव्यु अभिनेत्रीले यो प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी थिइनन्, गोप्य राखेकी थिइन् । ईन्गेजमेन्टको तस्बिर सेयर गर्दै उनले आफ्‌ना फ्यानलाई सप्राइज दिएकी हुन् । प्रेमीको नाम अझै पनि उनले सार्वजनिक गरेकी छैनन्, तस्बिरमा मुहार समेत प्रष्ट देखाइएको छैन् ।

‘ड्रिम्स’ फिल्मबाट बोल्ड डेव्यु गरेकी साम्राज्ञीले ए मेरो हजुर २, इन्टुमिन्टु लण्डनमा जस्त सफल फिल्महरुमा अभिनय गरेकी छन् । पछिल्लो समय साम्राज्ञी ब्रान्ड प्रोमोटमा व्यस्त छिन् । जीवनको नयाँ अध्याय सुरु गर्न लागेकी साम्राज्ञीलाई बधाई ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti