निर्माता संघको अध्यक्षमा सुब्बा र महासचिवमा लामिछाने विजयी निर्माता संघको अध्यक्षमा सुब्बा र महासचिवमा लामिछाने विजयी

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सुब्बाले १५३ मत ल्याउँदै प्रतिद्धन्द्धी उम्मेदवार सुनीलकुमार थापालाई पराजित गरेका हुन् । थापाले १२७ मत पाए।

संघको महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन् । उनले १५२ मत पाए । आफ्ना प्रत्यासी किरण नेपालीले १२५ मत प्राप्त गरे । सचिवमा युवराज गिरी चयन भए । उनले १५९ मत पाए । उनका प्रतिस्पर्धी किसान पोखरेलले ११२ मत पाए ।

उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा सर्वसम्मत नेतृत्व चयन भएको छ । उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई तथा कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए।

नौ जनाको सदस्य पदका लागि श्रीधर पौडेल, चुम्बनजंग शही, टंकबहादुर बुढाथोकी, घनेन्द्र थपलिया, मनोजकुमार अधिकारी, राजकुमार पण्डित र प्रवीण कार्की सर्वसम्मत भएका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti