दया, प्रकाश र सृजना ‘मिरमिरे’को टिजर हेर्नुस्‌ दया, प्रकाश र सृजना ‘मिरमिरे’को टिजर हेर्नुस्‌

यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिलम ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्मको टिजर गत साता सार्वजनिक भएको हो।

टिजरमा फिल्मका मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ । आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्धको कथा टिजरमा देख्न सकिन्छ। बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन् । यसका लागि उनी स्कुलमा काम गर्छन् । छोरीले जानअनजानमा नै आमाको अभावको महसुस गरिरहेकी छन् । यो दयाहाङले पनि महसुस गरेका छन्।

सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन् । उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ । दयाहाङ राई र प्रकाश सपूतसँग उनी प्रेममा रहेको हो कि भन्ने सिनेमाको संवाद र दृश्यले देखाएको छ । टिजरको अधिकांश समय दयाहाङ राईले अकुपाइ गरेका छन् । ‘मिरमिरे’ले आमाको अभावमा बाउले हुर्काएका सन्ता र बुवाको इमोस्नल जर्नीको कथा भन्ने टिजरले प्रष्ट पारेको छ । पारिवारिक कथा र इमोस्नल यात्रा भएकाले दर्शकको नजरमा सिनेमा पर्नसक्ने टिजरले संकेत गरेको छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti