‘अभिमन्यु : च्याप्टर–१’लाई अष्ट्रेलिया र न्युजिल्यान्डमा पाँच सय शो ‘अभिमन्यु : च्याप्टर–१’लाई अष्ट्रेलिया र न्युजिल्यान्डमा पाँच सय शो

नेपालमा प्रदर्शनरत फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ले अष्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ बाट रिलिज हुन लागेको यो चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता पाँचभन्दा धेरै शो पाएको छ।

“अभिमन्यु : च्याप्टर–१ ले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता मात्रै पाँच सयभन्दा धेरै शो पाएको छ,” अभिमन्युका सह–निर्माता रमेश चौलागाईंले भने, “दर्शकको चाप उच्च भएका शो अझे थपिनेछ ।” ‘अभिमन्यु : च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा यही बिहीबारबाट प्रदर्शनमा आउँदै छ । “नेपालमा यो चलचित्रले राम्रो रिभ्यू पाएको छ । जनरा सिनेमामा उत्कृष्ट चलचित्र बनेको समीक्षकहरूबाट समीक्षा आएको छ,” सहनिमार्ता चौलागाईंले भने, “यहाँको समीक्षाको प्रभाव डायस्पोरा मार्केटमा देखिने हाम्रो विश्वास छ ।”

फरेन मार्केटमा नेपाली चलचित्रले यति धेरै शो पाउनु आफैँमा खुसीको कुरा भएको उनले बताएका छन् । यसले समग्र नेपाली चलचित्र उद्योगका लागि नै सकारात्मक पक्ष भएको उनको भनाइ छ । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ले आज नेपालमा पनि राम्रो दर्शक पाएको छ । गत बिहीबारबाट रिलिज भएको चलचित्रले आज हलले उपलब्ध गराएका शोमा दर्शकको अकुपेन्सी उच्च देखिएको छ ।

अधिकांश समय सस्पेन्स क्रिएट गर्दै ‘अभिमन्यु : च्याप्टर–१’ मधेसमा समस्याकै रुपमा रहेको दाइजो प्रथाको कथा भन्छ । दोस्रोमा पछिल्लो समय नेपाली समाज कसरी इजी मनिका लागि सहजै अनेक तिकडम गरिरहेको छ, यसलाई देखाउँछ । सस्पेन्स क्रिएट गर्दै समाजको यथार्थ कथा भन्न फिल्म मेकरलाई पनि सहज छैन । तर, दर्शकलाई मजाले होल्ड गरेको स्वयं ‘अभिमन्यु’ हेर्ने दर्शकले बताइरहेका छन् ।

‘अभिमन्यु’ हेर्ने दर्शकले यसको सिक्वेलको माग गरेका छन् । त्यसो त मेकरले सुरुमै च्याप्टर–१ भनेकाले यसको सिक्वेल त पक्कै आउँछ नै होला । दर्शकको मागले मेकरलाई सिक्वेल बनाउन उत्साहित बनाएको छ । यो चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन् । चलचित्रमा मुकेश खनालको लेखन छ ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti