निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को शिर्ष गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ । यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीतको टाइटल गीत रिलिज गरिएको हो । गीत :
गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ । सार्वजनिक गीतमा मानस राजको संगीत, मानस राज र समिक्षा अधिकारीको स्वर र शोभित बस्नेतको कोरियोग्राफी रहेको छ । गीत सलोमा युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्।
त्यसैगरी विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिनेछन्।
प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’ को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। फिल्मका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। निर्माण पक्षका अनुसार चलचित्रले विदेश जाने नेपाली युवाको सपना, चुनौती र त्यसका पछाडिका सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ।
फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् भने लेखन गणेश बुढाथोकीको रहेको छ। छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ।


