हलमा ५१ दिन मानाएपछि ‘परान’ टिम आश्रममा पुग्यो हलमा ५१ दिन मानाएपछि ‘परान’ टिम आश्रममा पुग्यो

बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्‍यो।

चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा बितरण गरियो । साथै निर्माता आचार्यले आगामी साता अर्को एक बिशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केहि बिशेष घोषण पनि गरिने बताएका छन्।

पवित्र समाजसेवा नेपाल आश्रमकी सन्चालिका दिक्षा चापागाईंले परान टिमलाई धन्यवाद दिइन् । उनले केहिसाता अघि आफ्ना आश्रममा आश्रित बालबालिकाहरुलाई परान चलचित्र देखाएकी थिइन् । चापागाईंले छोराछोरी र आमाबुबा प्रतिको प्रेमलाई चलचित्रले निकै मिठो ढंगबाट प्रस्तुत गरेकाले पनि उनले परान फिल्म देखाएकी बताएकी थिइन् । चलचित्रका निर्देशक दिपक प्रसाद आचार्य ५१ दिनसम्म पनि परानलाई दर्शकले दिएको माया देख्दा दंग छन् । उनले यो मायाले आफूलाई थप जिम्मेवारी बनाएको बताएका थिए ।

परानमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ ।

परान कुन–कुन हलमा छ ?
परान अझैपनि देशभरका ३० हाराहारी हलमा प्रदर्शन भइरहेको छ । शनिबार ३० बढी शो दिइएको परानले आइतबार केहि कम हल पाएको छ । यद्यपी कतिपय हलमा अहिलेपनि हाउसफुलका साथ परान प्रदर्शन भइरहेको छ । शनिबार ललितपुरको लबिम मलमा रहेको सिनेमा हल हाउसफुल रह्यो । साथै पश्चिमका केहि हलमा पनि दर्शकको राम्रो उपस्थिती थियो। उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँबसपार्क, नयाँ बानेश्वरमा रहेका सिनेमा हलमा दर्शकको संख्या राम्रो छ । यस्तै मोफसलमा नेपालगन्ज, दाङ, बुटवल, चितवन, इटहरी जस्ता शहरहरुमा पनि दर्शकको संख्या राम्रो देखिन्छ।

ग्रस कलेक्सन १८ करोड रुपैंया
चलचित्रका निर्माता रन्जित आचार्यले परानले ५१ दिन पुरा गर्दा १८ करोड रुपैंया ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् । यो सँगै परानले नेपाली चलचित्रको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म समेते बनेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti