‘झरीपछिको इन्द्रेणी’ मा समावेश ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक ‘झरीपछिको इन्द्रेणी’ मा समावेश ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक

गत पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ यो शुक्रबारबाट दास्रो हप्तामा प्रवेश गरेको छ । यो सिनेमा प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेसँगै निर्माण टिमले सुपरस्टार नेवारी गायक रोजमान महर्जनको स्वरमा भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरिएको हो।

दर्शकबाट ‘उत्कृष्ट वर्डअफ माउथ’ पाइरहेको सिनेमाले दोस्रो हप्तामा पनि व्यापारमा बढोत्तरी हुने विश्वास निर्माण टिमलाई छ । पहिलो हप्ता उत्साहजनक रह्यो दोस्रो हप्ता अझै उत्साहपूर्ण हुने अपेक्षा डेव्यु निर्देशक अर्जुन घिमिरे ‘पाँडे’को छ । हामीले दर्शकलाई मनारञ्जन दिनेभन्दा पनि सन्देश मुलुक सिनेमा देखाउने सपाना सफल भएको दाबी निर्माण टिमको छ।

आध्यात्मिक भाव समेटिएको शुक्रबार सार्वजनिक भजन गीतमा गायक रोजमान महर्जनसहित महिला स्वर रत्न शोभा महर्जन र दीपा महर्जनको तथा संगीत संयोजन सुरेन्द्र श्रेष्ठको छ । यो सिनेमाबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि दमदार कमव्याक गरेका छन् । उनले अघिल्लो पुस्ताका दर्शकलाई सिनेमाप्रति आकर्षित गरिरहेको छ।

सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन्।

निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । डेव्यु अभिनेता विमोचनको अभिनयको समेत दर्शक निकै तारिफ गरिहेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन् ।

नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले पेश गर्नेछ ।

सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti