‘परिवर्तन’ गीतमा छमछमी नाचे सुशील र अञ्जना ‘परिवर्तन’ गीतमा छमछमी नाचे सुशील र अञ्जना

आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ । निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो रिलिज गरेको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली छमछमी नाचेका छन् । दुवैको केमेस्ट्री मिलेको देखिन्छ। लोकलयमा आधारित यस गीतको भिडियोमा लभस्टोरी बुनिएको छ। निर्देशक विजय केरुङले फिल्मको गीतलाई दर्शकले मन पराउने बताए । उनले भने,‘फिल्मको कथा अनुसार कै गीतलाई रोजेका छौँ। गाउँघरको टिपिटकल शब्दलाईलाई गीतमा बुनिएको हुनाले दर्शकलाई छुन्छ होला ।’

यस गीतको भिडियोमा उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाएका हुन् । भने शिव ढकालले खिचेका छन् । एसडी योगी र रेश्मा पुनको स्वर रहेको यस गीतमा संगीत गायक योगी कै रहेको छ । गीतको शब्द रचना भने मौसम अर्यालले लेखेका हुन्। एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्मलाई विजय केरूङले निर्देशन गरेका छन् । दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत रहने यो फिल्ममा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ। दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा अभिनेता सुशील श्रेष्ठ, अभिनेत्री अञ्जना बराईली सँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेको मुख्य भुमिका रहेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti