चैत २७ मा निरुता, रेखा र पूजाको ‘३६ को आँकडा’ चैत २७ मा निरुता, रेखा र पूजाको ‘३६ को आँकडा’

मल्टीस्टारर फिल्म ’३६ को आँकडा’ नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निरुता सिंह, रेखा थापा र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हन्।

’३६ को आँकडा’ मा निरुता, रेखा र पूजासँगै महेश त्रिपाठी, पुष्प खड्का लगायत अन्य कलाकारहरुको समेत अभिनय छ । निरुता सिंह लामो समयपछि फिल्ममा फर्किएकी हुन् । आ आफ्‌नो समयका सफल निरुता र रेखा सहित पूजाको यो फिल्मलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ।

’३६ को आँकडा’ रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको हो । यसलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्दैछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti