‘बोक्सीको घर’ सफतापछि केकी र सुलक्षणले ‘पेट्रोल पम्प’ बनाउने ‘बोक्सीको घर’ सफतापछि केकी र सुलक्षणले ‘पेट्रोल पम्प’ बनाउने

गत वर्षको सफल फिल्म ‘बोक्सीको घर’ टिम पुनः फिल्म निर्माणमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो ।

“बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भनिन्, “त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।”

फिल्मलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । फिल्ममा कथा पनि निर्देशक सुलक्षणले नै लेखेका छन् । निर्मातामा भने केकी अधिकारी हुनेछिन् । सोसल ड्रामा फिल्म ‘पेट्रोल पम्प’ विसं. २०८३ मा रिलिज हुनेछ । फिल्ममा को–को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले खुलाएका छैन।

“पेट्रोल पम्पमा को–को कलाकार रहनेछन् भने हामी केही समयमा विस्तृत जानकारी दिनेछौँ । प्राविधिक पनि को–को हुनुहुनेछ हामी विस्तारै जानकारी दिँदै जानेछौँ,” केकीले भनिन् । ‘बोक्सीको घर’मा केकी र सुलक्षणसँगै सुपला सापकोटाको मुख्य भूमिका थियो ।

“हाम्रो पहिलो सिनेमा बोक्सीको घरमा हामीले जसरी नयाँ टेस्ट लिएर दर्शकमाझ आएको थियौँ । र दर्शकले मन पराउनु भएको थियो, त्यस्तै यो सिनेमामा पनि हामी नयाँपन दिने कोसिस गर्नेछौँ, केकीको भनाई छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti