यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘मिरमिरे’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । याम शेर्पा निर्देशित फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु र शाइसा गौचनको मुख्य भूमिका छ।
माघ १ गतेदेखि प्रदर्शनमा आउने फिल्म मिरमिरे मा दयाहाङ एक बुवाको रुपमा छोरीको स्याहार सुसारमा छन् । त्यसबीच, उनी र सिर्जनाबीच प्रेम टुसाउँछ । आमाले छाडेकी एक्लो सन्तानको रुपमा ती बालिकाले के पुनः मातृत्व प्रेम गर्लिन् ? यो थाहा पाउन फिल्म हेर्नुपर्छ ।
ट्रेलरले फिल्ममा दयाहाङको पूर्वपत्नीको रुपमा छुल्ठिम गुरुङलाई सरप्राइज प्रवेश गराएको छ । मानवीय सम्बन्धको यी पहेलीलाई निर्देशक याम शेर्पाले हृदयस्पर्शी ढंगले पटकथामा बुनेका छन् । तपाईंलाई सरल र सहज ग्रामीण पारिवारिक कथावस्तुमा रुचि छ भने ‘मिरेमिरे’ दर्शनीय हुनसक्छ ।




