इन्डियन आइडल सिजन ३ का विजेता प्रशान्त तामागंको निधन भएको छ । असारे महिनामा गीतका गायक तामागंको पुष २७ गते मुम्बइमा कार्डियाक अरेस्टका कारण मुम्बइमा निधन भएको हो।
४३ वर्षिय (गुगल अनुसार) प्रशान्त तामागंको एक श्रीमती र एक छोरी छन् । स्व.प्रशान्तले ‘गोर्खा पल्टन’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’, ‘निशानी’, ‘परदेशी’, ‘यो माया होइन र’, ‘परदेशी २’ मा अभिनय गरेका थिए । इन्डियन आइडल भएपछि प्रशान्त विश्वकमाझ रहेका नेपाली भाषीमाझ चर्चित थिए ।
प्रशान्तको निधनमा नेपाली फिल्म तथा संगीतकर्मीले दुःख व्यक्त गरिरहेका छन् ।





