फिल्म ’भाईरल गोर्खे’लाई प्रिमियरमा रुचाइएको छ । मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शोमा फिल्म हेर्नेले प्रशंसा समेत गरे।
माघ १ गते देखि प्रदर्शनमा आउने फिल्मको प्रिमियरमा कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेत लगायतका सेलिब्रेटी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । सिनेमाको प्रिमियरमा सृष्टिले नेवारी पोशाकमा पुग्दा सौगात नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा उपस्थित भएका थिए । जहाँ सिनेमाका निर्देशक निगम श्रेष्ठ, निर्माताहरु ऋमित श्रेष्ठ, महेश लामिछाने र सहनिर्माता शुभेच्छा पौडेल पनि प्रिमियर शोमा उपस्थित थिए।

प्रिमियरमा सिनेमा हेरेर निस्केका अधिकांश पाहुनाले निर्देशक निगम निर्देशकिय पाटोसहित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनयको प्रशंसा भएको थियो । ‘भाईरल गोर्खे’ एक सुन्दर सिनेमा बनेकाले सम्पूर्ण दर्शकले हेर्न पर्ने प्रतिक्रिया उपस्थित पाहुनाको थियो । सामाजिक संजालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई व्यंग्य गर्ने सिनेमामा यसको असर र प्रभावको कथा भनिएको छ।
अभिनेत्री पूजा शर्माले ‘भाईरल गोर्खे’ मनोरञ्जनसहित सन्देशमुलक सिनेमा बनेको प्रतिक्रिया दिइन् । ‘पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने परिपाटी हराउँदै गएको भन्दै आफुलाई टिजर रिलिज देखि नै सिनेमा हेर्ने इच्छा रहेको र प्रिमियरमा निम्तो मिलेसँगै सिनेमा हेर्न हल पुगेको त्यसमाथी सिनेमा पनि सुन्दर बनेको पाएपछि खुशीका साथ सिनेमा हेर्न अनुरोध गरेकी छु,’ उनले भनिन्।
चर्चित भ्लगर तथा मोडल सिसन बानियाँले पनि ‘भाईरल गोर्खे’ हेरेर आनन्द मिलेको बताए । सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा मिडियासँग उनले भने, ‘पछिल्लो समय नेपालमा भाईरल बन्ने ट्रेण्ड प्रचलनमा रहेकाले त्यसमाथी निर्देशक निगम श्रेष्ठले सुन्दर सिनेमा निर्माण गर्नु भएको रहेछ । खुशी लाग्यो सिनेमा हेरिरहँदा सिनेमाको पर्दामा केही नयाँ देख्न पाएँ । जसले मनोरञ्जनसँगै सन्देश पनि दिएको छ । सवैलाई एक पटक हलमा पुगेर सिनेमा हेर्न सिफारिस गर्छु ।’
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ सिनेमाले प्रिमियर शोमा उपस्थित पाहुनाबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले मख्ख देखिन्थे । ‘हामीले यो सिनेमाको लागि निकै मेहनत गरेका थियौं । आज त्यो मेहनतको प्रतिफल सुन्दर निस्केको छ । खुशी लाग्छ । अव दर्शकको साथ र उत्कृष्ट प्रतिक्रियाको अपेक्षा छ । हेरौं के कस्तो हुन्छ । दर्शकको राम्रो साथ मिल्छ भन्नेमा आशावादी छौं,’ उनीहरुले भने ।
निर्देशक निगम श्रेष्ठ पनि प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेपछि प्रशन्न मुद्रामा देखिएका थिए । ‘मैले सक्दो मेहनत गरेको छु । आज तपाईहरुलाई मन पर्यो । दर्शकलाई पनि मन पर्छ भन्नेमा विश्वस्त छु,’ उनले भने । यो सिनेमाको हिजो मंगलबारदेखि नै देशभरका मल्टीप्लेक्स तथा संगलस्क्रिन हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ । सिनेमा ‘भाईरल गोर्खे’का यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरबाट बनेको हाइपका कारण देशभरका हलले राम्रो शो उपलब्ध गराएका छन् ।
‘भाइरल गोर्खे’ निर्देशन निगम श्रेष्ठले गरेका हुन् । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह–निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।
अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।





