नीताको ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्ल नीताको ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्ल

अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’गीतको भिडियोमार्फ दर्शकमाझ आएकी छन्। नीता आचार्यको स्वरमा रहेको यस गीतको भिडियोमा मौसमी मल्ललाई देख्न सकिन्छ। गोविन्द राईको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा मौसमी मल्ललाई नेपाली भेषभुषामा देख्न सकिन्छ।


नेपालको इतिहास बोकेको विभिन्न पात्रमा उनी गीतको भिडियोमा प्रस्तुत भएकी छन्। जुन यस गीतको सुन्दर पक्ष छ। साथै,रमणि ठाउँमा खिचिएका दृश्यले दर्शकको मन जित्ने पक्का छ।

मौसमी मल्लले गीतको भिडियोमार्फत आफु दर्शकमाझ आएको बताएकी छन्। उनले भनिन्,‘म नीता आचार्यको युट्युब च्यानलमार्फत गीत ‘म हुँ सृष्टिको फक्ताङलुङ’भिडियोमार्फत आएको छु। हेरेर प्रतिक्रिया दिनु होला।’


उनले सामाजिक सञ्जालफेसबुकमार्फत नै आफु नेपालमा रहेको समेत जानकारी दिएकी छन्। उनको अभिनयले दर्शकलाई मोहित बनाउने निर्माण पक्षको दाबी छ।


मनु लोहोरुङ राईको शब्द रचना रहेको छ भने संगीत तथा एरेन्ज साज सिंहको छ। सुरज प्रधानको रेकर्डिङ रहेको यस गीतको भिडियोमा सिनेमाटोग्राफर हिमाल श्रेष्ठ हुन्।


गीतको भिडियोको सम्पादनको जिम्मा सन्देश शाहले लिएका हुन् भने कलरिङ राजेन्द्र मोक्तानको छ। दर्शकले यस गीतको भिडियोमा भिएफएक्स पनि देख्न सक्नेछन्।

सत्यम रानाको भिएफएक्स रहेको यस गीतको भिडियोमा डिओपी सौरभ लामाको छ। साथै ड्रोनको काम विशालले गरेका छन्। दर्शकले यो गीतको भिडियोलाई नीता आचार्यको युट्युब च्यानलमार्फत हेर्न सक्नेछन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti