प्रियंका कार्कीको नयाँ रि-क्रिएसन गीतलाई असन्तुष्ट सुस्मिताबाट प्रियंका कार्कीको नयाँ रि-क्रिएसन गीतलाई असन्तुष्ट सुस्मिताबाट

प्रियंका कार्कीको आगामी फिल्म ‘मास्टर्नी’ नयाँ गीतलाई लिएर पुनः विवादमा तानिएको छ । यसअघि दुर्गेश थापाले कम्पोज गरेको प्रवर्धन गीतले फिल्मलाई विवादमा मुछेको थियो ।

प्रियंकाले केही दिनअघि आफू र वर्षा राउत फिचर्ड भएको रि-क्रिएसन गीत ‘गुराँस फुल्दा’ रिलिज गरेकी थिइन् । कुनैबेलाको हिट गीतलाई पुनःसिर्जना गर्दै प्रियंकाले गीत ल्याएकी थिइन् ।

अहिले भने, ‘रि-क्रिएसन’ गरिएको गीतलाई लिएर असन्तुष्ट भावका प्रतिक्रिया आइरहेका छन् । त्यो पनि मुल फिल्म ‘सुपरस्टार’ को गीतको भिडियोमा फिचर्ड भएकी अभिनेत्री तथा निर्माता सुस्मिता केसीबाट ।

उक्त गीतमाथि सुस्मिताले सामाजिक सञ्जालमार्फत असन्तुष्टपूर्ण प्रतिक्रिया दिएकी छिन् । फेसबुकमा लामो स्टाटस लेख्दै सुस्मिताले मौलिक जादूलाई उहीरुपमा जन्माउन सकिँदैन भन्दै आफ्नो गीत सर्वश्रेष्ठ भएको र नयाँ गीत त्यो तहमा नभएको भन्दै घुमाउरो अभिव्यक्ति दिएकी छिन् ।

सुस्मिताले पुरानो र नयाँ गीतको दृश्य र फोटो सेयर गर्दै लेखेकी छिन् :

कलाकार फेरिन सक्छ, प्रस्तुति फेरिन सक्छ, दृश्य फेरिन सक्छ…। तर दर्शकको मनमा वर्षौँदेखि बसेको मौलिक छाप कहिल्यै फेरिँदैन । फूल फुलाउने प्रयास धेरैले गर्न सक्छन्, तर वर्षौँ बितिसक्दा पनि दर्शकको मनमा उही सुगन्ध, उही भावना र उही जादू छोड्ने सौभाग्य सबै गुराँसलाई कहाँ मिल्छ र ? सायद त्यसैले केही सिर्जना केवल ‘गीत’ हुँदैनन् । ती एउटा समयका साक्षी हुन्छन्, एउटा पुस्ताका सम्झना हुन्छन् र कलाकारको यात्रामा कहिल्यै नमेटिने अमूल्य पाना हुन्छन् । गुराँस फुल्दा बनै रमाइलो थियो…, त्यो गुराँस केवल फुलेको थिएन, दर्शकको मनमा बसेको थियो । नयाँ आवरण दिन सकिन्छ, नयाँ प्रस्तुति दिन सकिन्छ, तर मौलिक जादूलाई फेरि उही रूपमा जन्माउन सकिँदैन । किनकि फूल देखाउन सकिन्छ, तर सुगन्ध अभिनय गर्न सकिँदैन । आज पनि त्यो मौलिक गुराँसको सुगन्ध दर्शकको मनमा उस्तै रहेछ- सायद यही नै साँचो सिर्जनाको सबैभन्दा ठूलो जित हो । बाँकी कुरा त दर्शकको आँखाले, मनले र प्रतिक्रियाले आफैं भनिसकेको छ..। मलाई केही भन्नै पर्दैन ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti