‘धागो’ गीतमा सुरक्षा र बर्षाको ‘ट्याउँ ट्याउँ’ ‘धागो’ गीतमा सुरक्षा र बर्षाको ‘ट्याउँ ट्याउँ’

फिल्म ‘धागो’ को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको यो फिल्म को गीत शुक्रवार सार्वजनिक गरिएको हो। गीत :

गीतमा गायक पुष्पन प्रधान र आकाङ्क्‌षा थापाको स्वर रहेको छ। शब्द र सङ्गीत पनि पुष्पन प्रधानकै रहेको गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा सुरक्षापं पन्त, बर्षा राउत, बुद्धि तामाङ, प्रभात थापा र सुरभि थापा लगायतका कलाकारहरू देखिएका छन् । कोरियोग्राफी भने कविराज गहतराजले गरेका हुन्।

निर्देशक उदिप राना थापाका अनुसार, नेपालमा युट्युब लगायतका सामाजिक सञ्जाल नखुल्ने प्रक्रियाका बाबजुद भारत र नेपाल दुवैलाई लक्षित गरेर गीत रिलिज गरिएको हो । भारतको पश्चिम बङ्गालको सिलिगुडीमा विशेष कार्यक्रम समेत आयोजना गरी गीतको प्रिमियर गरिएको छ ।

उदिप राना थापाले यस फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको छ। यस चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन् ।

साथै, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन् । अभिनेत्री वर्षा राउतले भने केमियो भूमिका निर्वाह गरेकी छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti