’जेरी अन टप’मा समावेश दोस्रो गीतलाई दर्शकले प्रेम दर्शाएका छन् । युट्यूवमा राम्रो भ्यूज पाइरहेको
गीतमा सत प्रतिशत प्रतिक्रिया सकारात्मक छन् । दर्शकले फिल्मका मुख्य कलाकार अनमोल केसी र जसीता गुरुङको केमेस्ट्रिलाई उत्कृष्ट भनेका छन्।
गीतको भिडियोमा समावेश अभिनेत्री जसीता गुरुङको नृत्यले प्रशंसा पाउँदा अधिकांश प्रतिक्रियामा फिल्मको प्रदर्शन मितिलाई प्रतिक्षा गरिएको छ ।संगीतकार कालिप्रसाद बाँस्कोटाको स्वर, संगीत र शब्द समावेश गीतमा फिमेल भर्सनमा स्वर सोमिया वराइलीले दिएकी छिन् । मिक्सिङ र मास्टरिङ रिकेश गुरुङको छ । भिडियोमा कोरियोग्राफी किरण थापाको छ । ’जेरी अन टप’मै समावेश केहि दिन पहिले सार्वजनिक ’कस्तूरी’ बोलको गीत पनि यतिबेला फेसबुक। युट्यूव, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा ट्रेण्डिङमा नै छ।
अनन्या फिल्मस् को ब्यानरमा तयार यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सरोज न्यौपानेको प्रस्तुतिमा बनेको फिल्ममा अनमोल र जसीतासँगै आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त प्रमुख कलाकार छन् । हेमराज बिसीको कथामा बनेको यो फिल्ममा पटकथा विस्वास तिमिल्सिनाको छ । दुलिप रेग्मी सिनेमाटोग्राफर र निमेश श्रेष्ठ सम्पादक छन् ।