सिमसिमे पानीमा ‘परान’को पहिलो गीत रिलिज सिमसिमे पानीमा ‘परान’को पहिलो गीत रिलिज

फिल्म ‘परान’ को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । आइतबार सिमसिमे पानीका बिच परानको विवाहको परिवेशमा तयार गरिएको गीत रिपलज गरिएको हो। गीत :

भिडियोमा फिल्मका शीर्ष अधिकांश जसो कलाकारहरूलाई एउटै फ्रेममा देख्न सकिन्छ । मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईलीलगायत कलाकारहरूले यो भिडिओमा नृत्य तथा अभिनय गरेका छन् । दर्शकलाई नचाउने खालको यो गीतमा तीन जना गायक र दुई जना गायिकाले स्वर दिएका छन् । प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.कको स्वर यो गीतमा सुन्न सकिन्छ।

गीतका शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेल हो । गीतको भिडियोका कोरियोग्राफर सुनिल क्षेत्री हुन् । आयोजित गीत रिलिज कार्यक्रममा बोल्दै यसका निर्माता, निर्देशक तथा कलाकारहरूले गीतलाई दर्शकहरूले रूचाउने विश्वास व्यक्त गरे।

दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ । पूर्ण पारिवारिक कथामा बनेको फिल्मको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ, जसले फिल्मको मूल सन्देश अर्थात् एकअर्काको साथको महत्वलाई जोड दिएको अनुमान गर्न सकिन्छ ।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले ‘परान’ को निर्माण गरेको हो । बाइस्कोप सिनेमाको एकल ब्यानरमा यो पहिलो प्रोजेक्टका रूपमा निर्माण गरिएको फिल्म हो । फिल्मका निर्माताहरूमा रञ्जित आचार्य र शेखर गोल्छा रहेका छन् ।

दीपक आचार्यको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको फिल्मको सम्पादन मित्र डी. गुरूङले गर्दैछन् । दसैं र तिहारलगत्तै यो फिल्म देशभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti