नेपालगञ्जमा ‘माइतीघर’का कलाकार, सबै शो हाउसफूल नेपालगञ्जमा ‘माइतीघर’का कलाकार, सबै शो हाउसफूल

फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म माइतीघ ले मंगलवार नेपालगञ्जमा बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार ‘माईतीघर’का सात वटै शो हाउसफूल भएका छन्।

सोमवार साँझ कलाकारहरु सहित नेपालगञ्ज पुगेका निर्माता रोहित अधिकारीका अनुसार आज सिनेमा हल पुगेका दर्शकहरूले टिकट नै पाएका छैनन् । काठमाडौंबाट गएका फिल्मका कलाकारहरु केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल, निर्माता रोहित अधिकारी तथा निर्देशक मिलन तामाङलाई स्थानिय दर्शकहरुले भव्य स्वागत गरेका छन् । दर्शकले काठमाडौंबाट गएका कलाकारहरुलाई खुला हृदयले स्वागत गर्दै फिल्मको मज्जा लिइरहेका छ्न् ।

नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरीमा पनि यो फिल्मले दर्शकको उत्कृष्ट साथ पाइरहेका निर्माता अधिकारीको भनाइ छ ।यसैबीच, आज यो फिल्मले देशभरि नै उत्कृष्ट व्यापार गरिरहेको निर्माता अधिकारीले जानकारी दिएका छन् । बलियो वर्ड अफ माउथका कारण फिल्मको व्यापार सुखद रुपमा अगाडि बढिरहेको छ । निर्माणपक्षले व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन।

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti