अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’को ट्रेलर रिलिज भएको छोटो समयमै ट्रेन्डिङमा पर्न सफल भएको छ । शुक्रबार रिलिज भएको मल्टीस्टारर फिल्मको प्रोमो युटुव मुभिज सेसन अर्न्तगत हाल छैठौं नम्वरमा छ । प्रोमो :
सुयोग गुरुङ निर्देशित फिल्म जेरी अन टप एडभेन्चर लभ स्टोरी फिल्म हो । जहाँ अनमोल सँगै आँचल शर्मा र जसिता गुरुङले मुख्य भूमिका निर्वाह गरेका छन् । साथमा भुवन केसी, उषा पौडेल, केदार घिमिरे, सुरक्षा पन्त लगायत अन्य कलाकारहरुको अभिनय छ । सरोज न्यौपाने निर्मित फिल्म यही असोज ३१ गतेको लागि प्रतिक्षित छ ।