‘जारी २’ को ट्रेलरलाई दुई दिनमै दश लाख भ्युज ‘जारी २’ को ट्रेलरलाई दुई दिनमै दश लाख भ्युज

फिल्म ‘जारी २’ को ट्रेलरले दुई दिनमै १० लाख बढि भ्युज पाएको हो । यो ट्रेलरको भ्युजसँगै प्रतिक्रिया पनि सकारात्मक छ । ट्रेलरको कमेन्ट बक्समा अधिकांशले सिनेमा हेर्न प्रतिक्षा गर्न नसक्ने भन्दै कार्तिक २१ कहिले आउला झैं भएका प्रतिक्रिया दिएका छन्।

त्यससँगै दयाहाङ र मिरुनाको जोडी पनि निकै सुहाएको र विजय बरालले विशेष उत्साह थपेको प्रतिक्रिया पनि कमेन्टबक्समा हेर्न सकिन्छ । फिल्मको ट्रेलरले लिम्बु समुदायको आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो(ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ । सिनेमामा दयाहाङ, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा यो वर्षकै उच्च व्यापार गर्ने श्रेणीमा राखिएको छ । ‘जारी’ सिनेमा २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले यो सिनेमालाई बहुप्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti