फिल्म ‘परान’को बुकिङ खुला भएको छ । यो शुक्रबारबाट प्रदर्शनमा आउँदै गरेको फिल्मले देशभर उत्साहजनक शो पाएको छ। बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको छ । आज साँझ अबेरसम्म केही थप शोहरू जोडिने सम्भावना छ ।
भावनात्मक पारिवारिक कथानक बोकेको यो फिल्म नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने देखिन्छ । दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको फिल्ममा वरिष्ठ अभिनेताहरूलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ।

फिल्ममा शाह सँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।
फिल्म परान लाई चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले निर्माण गरेका हुन्।



