अब ‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते अब ‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ रिलिज मिती तय गरिएको छ। निर्माण पक्षका अनुसार अब यो फिल्म मंसिर १८ गते रिलिज हुनेछ।

पटकपटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको चलचित्रले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो । जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य चलचित्रको बाक्लो लाइनअपका कारण यो सिनेमा यसअघि पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन । नयाँ पोस्टरमा फिल्मका अधिकांश कलाकारलाई देख्न सकिन्छ । पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई देख्न सकिन्छ । जसलाई क्यारेक्टर पोस्टरमा फिचर्ड छन् ।

“हामीले अब मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय गर्‍यौँ,” निर्माता विनोद पौडेलले भने, “सबैको सल्लाह र सुझाव अनुसार यो मितिमा आउने निर्णय गरेका हौँ ।” उनले सबैको सहयोगका अपेक्षा समेत गरेका छन् । फिल्म ‘अभिमन्यु : च्याप्टर १’को मुख्य भूमिकामा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायत कलाकार मुख्य भूमिकामा छन्।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा छन् । यस फिल्ममा मुकेश खनालको लेखन रहेको छ । ‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन्।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti