चाम्सको ‘सुम्निमा’ की नयाँ हिरोइन को हुन् ? चाम्सको ‘सुम्निमा’ की नयाँ हिरोइन को हुन् ?

फिल्म ‘सुम्निमा’ मा नव अभिनेत्रीको आगमन भएको छ । लन्डनमा बस्ने सोल गुरुङले मिलन चाम्स निर्देशित फिल्म मार्फत नायिकाको रुपमा डेव्यु गरेकी हुन् । उनले म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरिसकेकी छन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्ममा यस अगाडी अभिनेत्री उपासना सिंह ठकुरी थिइन् । उपासनालाई सोलले रिप्लेस गरेकी हुन् । फिल्ममा सोल गुरुङ, कुन्साङ बमजन, अनुप विक्रम शाही,धिरेन शाक्य,माओत्से गुरुङ,सुरज तमु,आकाश सुनुवार,सलिना थापा,सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिनेछन्।

निर्देशक चाम्सका अनुसार फिल्म युनिभर्सल कथामा आधारित रहनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिनेछ। राजीव थापाको लेखनमा तयार भइरहेको ‘सुम्निमा’ को दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti