फिल्म ‘झिँगेदाउ २’ मा एक अभिनेता रिप्लेस भएका छन् । अभिनेता महेश त्रिपाठीले मुकुन भूषाललाई रिप्लेस गरेका हुन् । अभिनेत्रीद्वाय केकी अधिकारी र आँचल शर्मा भने यथावत् रहने निर्देशक ज्ञानेन्द्र देउजाको भनाई छ।
यो फिल्म छायांकनको अन्तिम तयारी भैरहँदा मुख्य कलाकार हेरफेर गरिएको छ । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सिनेमाको मुख्य अभिनेता मुकुन भुषालको ठाउँमा अर्का अभिनेता महेश त्रिपाठीलाई अनुबन्धित गरेका छन् । निर्देशक र कलाकारबीच छायांकन सेड्युलाई लिएर विवाद हुँदा सिनेमाबाट मुकुनको विकल्प खोज्नु परेको निर्देशक देउजा बताउँछन् ।
निर्देशक देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण भनेको समयमा छायांकनमा निस्कँन सकेका थिएन् । सोही विषयमा विवाद भएपछि उनले ‘झिँगेदाउ २’ बाट मुकुनलाई निकालेर महेशलाई अनुबन्धित गर्दै छायांकनमा जान तयार भएका हुन् ।
कपनगढी सिनेमा प्रा.लीको व्यानरमा निर्माण हुने यो फिल्ममा महेश, आर्यन सहित अभिनेता सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह लगायतका कलाकारलाई भित्र्याएका छन् । यस अघिका कलाकारहरुमा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, अंशु महर्जन, विजय देउजा, संगम भण्डारी, हिउँवाला गौतम, आयन खड्का लगायतका कलाकार भने यतावत् छन् ।
फिल्मका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् । ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको सिनेमामा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ ।
यो फिल्मलाई आर्को वर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्देशक देउजाले गरेका छन् । फिल्मलाई एप्पल इन्टरटेनमेन्टले देशव्यापी रिलिज गर्नेछ ।



