आर्यन, प्रियंका र कविता ‘माता जी’लाई नमस्ते गर्दै आए आर्यन, प्रियंका र कविता ‘माता जी’लाई नमस्ते गर्दै आए

सरोज वलीको स्वरमा नयाँ गीत ’तिम्रा माताजी लाई नमस्ते’ सार्वजनिक भएको छ । गीतमा ओलीको शब्द र दीपक शर्माको संगीत छ भने भारतीय गायिका भुमी त्रिदेवीले फिमेल आवाजमा साथ दिएकी छिन्।

किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीको साथमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादे प्रस्तुत रहेका छन् । ठुलो सेटमा डान्सिंगा विटमा तयार पारिएको भिडियोले दर्शकको मन जित्ने देखिन्छ । पवन सुस्लिङ्गले गीतको भिडियोको छायांकन तथा सम्पादन गरेका छन्।

सरोज वली चार वर्षपछि चार बर्षपछि गायनमा फर्किएका हुन् । ’माछिले खाने खोलिको लेऊ’, ’जता जता पिरतीको बाटो’, ’ए है माया’, ’माया गरौला’ लगायतका सुपरहिट गीतहरुमा उनको स्वर छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti