‘घरज्वाइँ’ निर्देशक अनिल बुढामगरको दोस्रो फिल्म ‘मितज्यू’ को वर्कसप सुरु भएको छ । फिल्मको शनिबारबाट वर्कसप सुरु भएको हो।
वर्कसपमा, तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत रहेका छन् । फिल्ममा कलाकारहरुले गर्ने भूमिकालाई सहज होस भन्ने हिसावले वर्कसप चलाइएको निर्देशक मगरले बताए। उनका अनुसार यो वर्कसप केहि दिनसम्म अझै चल्ने छ।
फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मका लागि कलाकारहरुलाई वर्कसपमार्फत आफ्नो भुमिका बारे थप जानकारी होस् भन्ने हेतुले चलाइएको बताए । उनका अनुसार यो फिल्म आगामी माघको पहिलो साताबाट छायांकनमा निस्किने छ ।
उनले भने,‘सुटिङमा कलाकारले आफ्नो भुमिका बुझेपछि सहज हुन्छ । उनीहरुले फिल्मको कथा र आफ्नो क्यारेक्टरलाई बुझेपछि अभिनय गर्न पनि सहज हुनुका साथै छायाङ्कन समय र खर्चसमेत कम हुन्छ । स्पोर्टमा नै पुगेर एक्सनकट गर्दा सोचे अनुसारको फिल्म कलाकारले नदिन सक्छ । त्यसका लागि पनि हामीले वर्कसप थालेका हौँ ।’
जिएम मुभिजको अफिसमा यो वर्कसप चलिरहेको निर्माण पक्षले जानकारी दिएको छ । यस फिल्ममा दयाहाङ राई,सौगात मल्ल,तेरिया फौजा मगर,पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्क बहादुर पुन मगर (खबपु)लगायको अभिनय रहेको छ ।
यस फिल्मका मुख्य सहायक निर्देशकको रुपमा फिरोज खड्काले काम गर्दैछन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली, एल्मिना राई रहेका छन् । यस फिल्मको प्रोडक्सन डिजाइनरको काम किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, सम्पादन लोकश बज्रचार्यले गर्दैछन् भने फिल्मको गीतमा संगीत श्रीकृष्ण बम मल्ल, प्रकाश सपुतको रहने छ । फिल्मको छायांकन शिशिर शिशङखेले गर्दैछन् भने द्धन्द्ध निर्देशन प्रभाद बिष्टको हुनेछ । साउण्डको काम भने नविन श्रेष्ठले समाल्ने छन् । फिल्मको बितरकमा आर आर फिल्मस रहेको छ ।
रोल्पाका विभिन्न स्थानमा खिचिने यो फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउनेछ ।


