परिवर्तन’ को प्रचार झापा, माइमेलादेखि कलेजसम्म परिवर्तन’ को प्रचार झापा, माइमेलादेखि कलेजसम्म

यही माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’को टिम प्रचारप्रसारमा व्यापक बनाउन थालेको छ । निर्माण टिमले कलकार सहितलाई लिएर यतिबेला पुर्वको झापामा फिल्मको प्रचारलाई व्यापक बनाउन थालेको छ।

हरेक वर्ष माघे संक्रान्तिको अवसर पारेर झापाको कन्काई माई नदिमा लाग्ने मेलामा समेत प्रचारप्रसार गरेको गर्यो। लाखौ मान्छेको उपस्थिति हुने उक्त माइमेलामा फिल्मको प्रचार गरिएको थियो। दर्शकसँगै कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए। पछिल्लो समय यस फिल्मको गीत ‘पाकेको चिउरी’ चर्चामा रहेको छ । यसै गीतमा कलाकार र उपस्थिति हजारौ दर्शकहरुले नाचेर प्रचारप्रसारमा साथ दिए । फिल्मप्रति दर्शकको चासो पाएपछि फिल्मका अभिनेता सुशील श्रेष्ठ,अञ्जना बराईली लगायतका कलाकारहरु उत्साहित बने। फिल्मका निर्देशक विजय केरुङले हिजो माइमेलामा दर्शकको उपस्थितिले आफु अत्यन्त खुशी भएको बताए। उनले प्रचारप्रसारलाई अझै तिब्रता दिनका लागि आज झापामा रहेका विभिन्न कलेज तथा स्कुलमा पुगेर विद्यार्थीसँग सात्क्षात्कार गर्ने बताए।

उनी भन्छन्,‘फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रमोसनमा कुनै कसुर बाँकी राख्दैनौँ। हिजो माघ १ गते माइमेलामा हामीले दर्शकसँगै रमाइलो गयौँ। आज स्कुल र कलेजमा पुग्नेछौँ।’ पछिल्लो समय दर्शकले लोकलयमा आधारित यस फिल्मको ‘पाकेको चिउरी’लाई मन पराइदिएका छन्। साथै यस फिल्मको ट्रेलरलाई दर्शकले तीन दिनमा नै ११ लाख भन्दा बढिले युटुबमा हेरिसकेका छन्। दर्शकप्रतिको चासोले फिल्मका कलाकार तथा निर्माण पक्ष उत्साहित देखिन्छन्। यतिबेला पुर्वमा फिल्मका निर्माता दीपक सिवाकोटी।निर्देशक बिजय केरुङ,अभिनेता सुशील श्रेष्ठ,अञ्जना बराईली लगायतले थप प्रचार गरिरहेका छन्।

एक्सन हिरोका रुपमा छुट्टै पहिचान बनाएका अभिनेता सुशील श्रेष्ठ,हिट फिल्म दर्शकमाझ पस्किएकी अञ्जना बराईलीको केमेष्ट्रीले दर्शकमाझ फिल्मको छुट्टै हाइप बढाइरहेको छ। त्यसले पनि होला दर्शकले फिल्मको टिजर,ट्रेलरका साथै गीतलाई मन पराइदिएका छन्। फिल्मको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलको डाइलक ‘पारसलाई मन परे दरबार,मन नपरे तलवार’चर्चाको विषय बनेको छ। सामाजिक सञ्जाल तथा टिकटकमा यसको भिडियो बनाउने पनि उतिकै मात्रामा बढेको देखिन्छ। एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको यो फिल्मले सत्ताको पावरमा नेपालले गर्ने प्रवृतिलाई प्रस्तुत गरेको देख्न सकिन्छ। अभिनेता सुशील श्रेष्ठको सशक्त एक्सनले दर्शकमाझ बेग्लै कौतुहलता प्रदान गरेको छ। फिल्ममा सुशील र अञ्जनाका अलवा सरोज खनाल, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा दीपक सिवाकोटीको कथा तथा लगानी रहेको छ। फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्। फिल्मको गीतमा रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ। साथै फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन्। फिल्मलाई आर आर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti