माघ ९ गते ’बिगुल नआउने, अब कहिले बज्ला ? माघ ९ गते ’बिगुल नआउने, अब कहिले बज्ला ?


फिल्म ’बिगुल’ पूर्व निर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ । फिल्मका निर्माता दिनेश कोइरालाले ’बिगुलझ को प्रदर्शन हाललाई स्थगीत गरिएको बताएका छन।

विशेष प्राबिधिक कारणले गर्दा ’बिगुल’को प्रदर्शन स्थगीत गरिएमा क्षमायाचना गर्दै उनले केही दिन भित्रै नयाँ प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी दिएका छन । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल,नरेन खड्का,नीर शाह,रमेश बुढाथोकी,बिनोद न्यौपाने,शिशिर बाङ्देल,हेमन्त बुढाथोकी,गीता अधिकारी,रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन।

देशको वर्तमान राजनैतिक अबस्था,आम नेपालीको जनभावना तथा परिस्थितिसंग धेरै हदसम्म मिल्दो बिषयबस्तु प्रस्तुत चलचित्रका गीत, टिजर अनि ट्रेलरले दर्शकको मन छोइरहेको अवस्थामा चलचित्र प्रदर्शन स्थगीत गर्नु परेकोमा निर्देशक कोइरालाले पनि दुख ब्यक्त गरेका छन । उनले दर्शकको प्रतिक्षामा रहेको चलचित्र अझ धेरै धुमधामका साथ प्रदर्शन गरिने प्रतिबद्धता ब्यक्त गरेका छन।

’बिगुल’ काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ । शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रका गीतमा बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । निर्माता कोइराला स्वयमको कथा रहेको चलचित्रको पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti